सिरहा – सिरहाको एक निजी विद्यालयमा कार्यरत एक शिक्षक आफै कार्यरत विद्यालयमा अध्ययनरत एक नाबालिलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका छन् ।
धनगढीमाई नगरपालिका १० जिरोमाइलस्थित विश्वशान्ति एकेडेमीमा दैनिक प्रशासनको जिम्मेवारीसहित अध्यापन गराउँदै आएका करिब २५ वर्षीय सौगात लुइँटेललाई करिब साढे तीन वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।


