इनर ह्विल क्लब अफ भरतपुर डिभाइनद्वारा शिक्षकहरूका लागि ‘तनावमुक्त शिक्षण कार्यक्रम’ सम्पन्न

एटुजेड समाचार

चितवन – इनर ह्विल क्लब अफ भरतपुर डिभाइनले आफ्नो चार्टर डे (स्थापना दिवस) को विशेष अवसरमा शिक्षकहरूका लागि ‘तनावमुक्त शिक्षण कार्यक्रम’ सम्पन्न गरेको छ ।

२०८३ कात्तिक १८ गते श्री आधारभूत विद्यालय, शरणपुरमा आयोजित उक्त कार्यक्रम क्लबकी अध्यक्ष नारायणदेवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा क्लबकी चार्टर्ड प्रेसिडेन्ट सुनिता प्रधान पिया प्रमुख अतिथिका रूपमा उपस्थित रहेकी थिइन् । त्यस्तै, विद्यालयका प्रधानाध्यापक भुवानी प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङ तथा पूर्वअध्यक्ष मिना गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा द आर्ट अफ लिभिङकी प्रशिक्षक भगवती पाण्डेले शिक्षकहरूलाई तनाव व्यवस्थापन, मानसिक शान्ति तथा सकारात्मक सोचका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

प्रशिक्षणले शिक्षकहरूलाई दैनिक शिक्षण कार्यमा आइपर्ने तनाव व्यवस्थापन गर्दै सहज, सकारात्मक र प्रभावकारी रूपमा शिक्षण कार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा क्लबकी पास्ट प्रेसिडेन्ट सरोजा मास्के हेजुसहित क्लबका सात जना सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको संयोजन क्लबकी सदस्य अनुमा श्रेष्ठले गरेकी थिइन् ।

इनर ह्विल क्लब अफ भरतपुर डिभाइनले सामाजिक सेवा, शिक्षा तथा समुदायको हितका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु