अस्ट्रेलिया जाने विद्यार्थीका लागि बैंक ब्यालेन्स दोब्बर बनाउने प्रस्ताव, एक लाख ४० हजार अस्ट्रेलियन डलर सम्म देखाउनुपर्ने

एटुजेड समाचार

काठमाडौं – अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिने भिसा सम्बन्धी व्यवस्था परिवर्तन गर्ने तयारी गरेको छ। जसअन्तर्गत अब अस्ट्रेलिया जाने विद्यार्थीको बैंक ब्यालेन्स बढाएर दोब्बर बनाउने प्रस्ताव समेत गरिएको छ।

प्रस्ताव अनुसार अब विद्यार्थीले विद्यार्थीको अध्ययन अवधि तथा विश्वविद्यालय तथा कलेज शुल्कका आधारमा एक लाख ४० हजार अस्ट्रेलियन डलर सम्म देखाउनुपर्ने हुन सक्ने उल्लेख गरिएको छ।

विद्यार्थीले भिसा आवेदन दिँदा देखाएको यस्तो आर्थिक स्रोतको जाँचदेखि वास्तविक विद्यार्थी पहिचान गर्ने प्रक्रियासम्म परिवर्तन गर्न सरकारले प्रस्ताव अघि सारेको हो।

अस्ट्रेलियाको गृह मामिला विभागले अक्टोबर ३० मा सार्वजनिक गरेको छलफलपत्रमा विद्यार्थीको आर्थिक क्षमता प्रमाणित गर्ने चारवटा विकल्प प्रस्ताव गरिएको छ।तीमध्ये तीनवटा विकल्पमा विद्यार्थीले अध्ययन र बसोबासका लागि आवश्यक रकम अस्ट्रेलियाको बैंक खातामा जम्मा गरेको प्रमाण दिनुपर्ने व्यवस्था छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु