काठमाडौं । मौसममा सुधार हुँदै घाम लागेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको दोस्रो खेल सञ्चालन हुने सम्भावना बढेको छ। साँझ ५ बजेदेखि सुरु हुने तालिका रहेको खेल मौसमका कारण ढिला भएको छ। यद्यपि, खेल हुने सम्भावना बढे पनि नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिक जानकारी भने आइसकेको छैन।


