प्रसिद्ध तीर्थस्थल बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त

एटुजेड समाचार

चमोली  – भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बदरीनाथ धामबाट फर्किँदै गरेको शुक्रबार एक हेलिकप्टर दुर्घटनामा परेको छ । चमोली जिल्ला हुँदै देहरादुनतर्फ आउँदै गरेको उक्त हेलिकप्टरका पाइलटसँग अहिलेसम्म कुनै सम्पर्क स्थापित हुन सकेको छैन ।

प्रारम्भिक जानकारी अनुसार, हेलिकप्टर बदरीनाथबाट देहरादुनको सहस्रधाराका लागि उडेको थियो । उक्त हेलिकप्टरमा चालक दलका सदस्यबाहेक ६ जना यात्रु सवार रहेको बताइएको छ ।घटना लगत्तै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण र प्रहरीको टोली उद्धार तथा खोजीमा सक्रिय भएका छन् । उद्धार टोलीहरूले पाइलटसँग रेडियो वा अन्य माध्यमबाट सम्पर्क स्थापित गर्ने प्रयास गरिरहे पनि हालसम्म सफलता प्राप्त हुन सकेको छैन ।

उक्त क्षेत्रमा मौसम प्रतिकूल रहेका कारण खोजी कार्य प्रभावित भएको छ । खराब मौसमका बाबजुद पनि हेलिकप्टरको लोकेसन पत्ता लगाउन ड्रोनको सहायताले खोजी कार्य तीव्र पारिएको प्रशासनले जनाएको छ ।हेलिकप्टर दुर्घटना हुनुको यकिन कारण भने अझै खुल्न सकेको छैन । यसबारे थप विवरण आउन बाँकी छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु