कांग्रेसका १९ पदाधिकारीको वरीयता तोकियो, को कुन स्थानमा?

एटुजेड समाचार

काठमाडौं । नेपाली कांग्रेसको हालै सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित भएका १९ पदाधिकारीहरूको आधिकारिक वरीयताक्रम निर्धारण गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण सम्पन्न भएलगत्तै बसेको केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीहरूको वरीयता टुङ्ग्याएको हो।

निर्धारित वरीयताअनुसार पार्टी सभापति गगन थापा पहिलो स्थानमा रहेका छन् भने वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिलातर्फकी उपसभापति पुष्पा भुसाल तेस्रो वरीयतामा रहेकी छिन्।

यसैगरी, खुलातर्फबाट उपसभापतिमा निर्वाचित डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य क्रमशः चौथो र पाँचौँ वरीयतामा रहेका छन् भने समावेशीतर्फका उपसभापति विनोद चौधरी छैटौँ वरीयतामा रहेका छन्।

महामन्त्रीहरूतर्फ प्रदीप पौडेल सातौँ, महिलातर्फकी महामन्त्री डा. डिला संग्रौला पन्त आठौँ र खुलातर्फका महामन्त्री उदय शमशेर राणा नवौँ वरीयतामा रहेका छन्।

त्यस्तै, ११ जना सहमहामन्त्रीहरूमध्ये जनजातितर्फ निर्वाचित भएका सहमहामन्त्री बहादुर सिंह लामा समग्रमा १० औँ वरीयतामा रहँदै सहमहामन्त्रीतर्फ पहिलो स्थानमा रहेका छन्।

बाँकी सहमहामन्त्रीहरूको वरीयताक्रमअनुसार ११ औँ स्थानमा योगेन्द्र चौधरी, १२ औँमा प्रकाश स्नेही रसाइली, १३ औँमा जीवन शाही, १४ औँमा अजय चौरासिया, १५ औँमा आङ्गेलु शेर्पा, १६ औँमा रामहरि खतिवडा, १७ औँमा प्रतिमा गौतम, १८ औँमा अजयबाबु सिवाकोटी र १९ औँ वरीयतामा डा. फिरदोश आलम तोकिएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु