निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

एटुजेड समाचार

चितवन – निर्माण व्यवसायी संघ, चितवनको ३२ औँ साधारणसभा तथा १७ औँ जिल्ला अधिवेशनमा युवा व्यवसायी रोबन दवाडी (रोयल) ले सदस्य पदमा उम्मेदवारी दिएका छन्।

भरतपुर महानगरपालिका–७ मा रहेको कस्मिक निर्माण सेवा का प्रबन्ध निर्देशक दवाडी निर्माण व्यवसायमा सक्रिय छन्। युवा जोस, नयाँ सोच र व्यावसायिक अनुभवसहित निर्माण क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले उनले सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

निर्माण व्यवसायी संघको कार्यसमितिमा युवा व्यवसायीको प्रतिनिधित्व र सहभागिता बढाउने सन्दर्भमा दवाडीको उम्मेदवारीलाई हेरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु