चिरपटले हान्दा ६२ वर्षीय पुरुषको मृत्यु

एटुजेड समाचार

सुर्खेत – सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–८, सुन्दरनगर ६२ वर्षीय मानबहादुर राजी रहेका छन् ।

प्रहरीका अनुसार, सोही ठाउँका ४० को ‘मैते’ भन्ने टेकबहादुर विकले गएराति ११ बजेको समयमा चिरपट (दाउरा) ले टाउको र बायाँ खुट्टामा प्रहार गरेका थिए ।

घाइते भएका राजीलाई उपचारको लागि प्रदेश अस्पताल पुर्‍याइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि राति थप उपचारको लागि कोहलपुर मेडिकल कलेज, कोहलपुर पुर्‍याइयो ।

यद्यपि, त्यहाँ पनि सुधार नआएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए । कुटपिट गर्ने टेकबहादुर विकलाई पक्राउ गरिसकिएको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु