चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको शरीर ३६ प्रतिशत जल्यो, कीर्तिपुर रिफर

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनापछि एक मोटरसाइकलमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ।

प्रहरीका अनुसार २०८३ कात्तिक ९ गते साँझ करिब ६ बजे जगतपुरबाट पटिहानीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००३ प ००९४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प २००० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनापछि ००९४ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकलका चालक भरतपुर महानगरपालिका–१३ निवासी ४६ वर्षीय सागर पौडेलको दुवै हात, खुट्टा र छातीमा गरी करिब ३६ प्रतिशत भाग जलेको छ।

घाइते पौडेललाई भरतपुर सरकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको छ। प्रहरीका अनुसार दुर्घटनाको समयमा उनले मादक पदार्थ सेवन गरेका थिए।

त्यस्तै, अर्को मोटरसाइकलका चालक भरतपुर महानगरपालिका–२२ निवासी १९ वर्षीय निसम बराल सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु