भरतपुर – बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आयोजना तथा चितवनका चारवटा इनर व्हील क्लबको सहआयोजनामा स्तन क्यान्सर सचेतना तथा पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA) कार्यक्रम सम्पन्न भएको छ।
सोमबार, २०८३ असोज २६ गते (१२ अक्टोबर २०२६) बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सम्पन्न उक्त कार्यक्रम अस्पतालको क्यान्सर रोकथाम तथा नियन्त्रण विभाग प्रमुख डा. अस्मिता राणाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा इनर व्हील डिस्ट्रिक्ट ३५० की डिस्ट्रिक्ट भाइस चेयरम्यान IW विनिता भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा IW अन्जु शर्मा दाहाल, IW दिपा पुरी, IW लक्ष्मी खड्का केसी र IW नारायणी देवी श्रेष्ठको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिहरूमा जनस्वास्थ्य अधिकृत सुम्निमा श्रेष्ठ, जनस्वास्थ्य अधिकृत दीपक बेल्बासे, वरिष्ठ स्टाफ नर्स विष्णुमाया अधिकारी, स्टाफ नर्स तारा दवाडीसहित धारापानी ऊर्जाशील महिला समूहकी अध्यक्ष लीला कुमारी सुवेदीको उपस्थिति रहेको थियो।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आयोजना तथा इनर व्हील क्लब अफ भरतपुर, इनर व्हील क्लब अफ चितवन, इनर व्हील क्लब अफ भरतपुर सिटी र इनर व्हील क्लब अफ भरतपुर डिभाइनको सहकार्यमा आयोजित कार्यक्रममा चारवटै क्लबका IPP, पूर्वअध्यक्ष, कार्यक्रम संयोजक, बोर्ड पदाधिकारी तथा सदस्यहरू र महिला समूहका पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा डा. अस्मिता राणाले स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक जानकारी दिँदै यसको प्रारम्भिक पहिचान, नियमित परीक्षण तथा समयमै उपचारको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले स्तनमा गाँठो देखिनु, स्तनको आकार वा छालामा परिवर्तन आउनु तथा निप्पलबाट असामान्य स्राव हुनुजस्ता लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, स्टाफ नर्स तारा दवाडीले पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना प्रदान गर्नुका साथै VIA परीक्षण गर्नुभएको थियो। वरिष्ठ स्टाफ नर्स विष्णुमाया अधिकारीले स्तन क्यान्सर परीक्षण गर्नुभएको थियो। कार्यक्रममार्फत महिलाहरूलाई क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्दै नियमित स्वास्थ्य परीक्षण गराउन र रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न प्रेरित गरिएको थियो।
कार्यक्रममा चारवटै इनर व्हील क्लबको तर्फबाट इनर व्हील क्लब अफ भरतपुरकी अध्यक्ष IW अन्जु शर्मा दाहालले मन्तव्य राख्नुभएको थियो। उहाँले महिलाको स्वास्थ्य सुरक्षाका लागि यस्ता सचेतनामूलक कार्यक्रमको महत्त्व उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहकार्य गर्ने अस्पताल परिवार तथा सहभागी क्लबहरूप्रति आभार व्यक्त गर्नुभएको थियो।प्रमुख अतिथि इनरहविल district350 का district भ्याईस चेयरमेन IW विनिता भट्टराई ज्युले क्यान्सर रोग समयमै उपचार गर्न सके निको हुने र क्यान्सर सचेतना र VIA परिक्षण जस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रम हरु समय अनुसार गर्दै जानुपर्छ भनी आफ्नो भनाइ राख्नुभयो ।
अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाइने सन्दर्भमा आयोजित यस कार्यक्रमले महिलाहरूमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न र समयमै परीक्षण गराउने सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रमको समापन अध्यक्षता गर्नुभएको डा. अस्मिता राणाले गर्नुभएको थियो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै क्यान्सरसम्बन्धी सचेतना र प्रारम्भिक परीक्षणलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा ५६ जनाले VIA र स्तन क्यान्सर को परिक्षण गराउनु भएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिवार, सम्पूर्ण चिकित्सक तथा नर्सिङ टोली, चारवटै इनर व्हील क्लबका IPP, पूर्वअध्यक्ष, बोर्ड पदाधिकारी, सदस्यहरू, महिला समूहका पदाधिकारी तथा सदस्यहरू र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति आयोजक र सह आयोजकले विशेष आभार व्यक्त गरेको छ।


