सफल हुँदा साथीको ओइरो लाग्छ, असफल हुँदा तेरो बुद्धि छैन भन्छन् : ओली

एटुजेड समाचार

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काम गर्दा स्पष्ट योजना, योग्यता र सक्रियताका साथ अघि बढ्नुपर्ने बताएका छन्। च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले एकैपटक धेरै काममा हात हाल्नुभन्दा योजनाबद्ध ढंगले प्राथमिकताका आधारमा काम गर्नुपर्नेमा जोड दिए।

ओलीले काम सुरु गर्नुअघि कहाँबाट सुरु गर्ने र कहाँ पुगेर टुंग्याउने भन्ने स्पष्ट हुनुपर्ने बताए। ‘सबै चिज एकैचोटि गर्ने होइन, मेलो मिलाएर पालैपालो योजनाबद्ध ढंगले काम गर्नुपर्छ,’ उनले भने, ‘कताबाट थाल्ने र कति समयमा कति काम सक्ने भन्ने योजना बनाएर काम गर्नुपर्छ।’ उनले काममा सफलता प्राप्त गर्न आफ्नो क्षमता वृद्धि गर्नुपर्ने र हासिल गरेको क्षमतालाई व्यवहारमा उतार्नुपर्ने बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु