नेपाली कांग्रेसको १५औँ महाधिवेशन : मतदान सकियो, मतगणना सुरु गर्ने तयारी

एटुजेड समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।

निर्वाचन समितिका अनुसार केहीबेरअघि मतदान सकिएको हो। साँझ ७ बजेसम्म पनि पाँच सय प्रतिनिधिले मतदान गर्न बाँकी रहेकाले समय थप गरिएको थियो। मतदान सकिएको दुई घण्टाभित्र मतगणना सुरु गर्ने तयारी छ।

यसअघि बिहान ८ः३० बजेदेखि सुरु भएको मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो। पछि मतदानको समय बढाएर बेलुका ७ बजेसम्म पुर्‍याइएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु