चितवन – चितवनको भरतपुरस्थित लाइन्सचोक नजिकै गणेश हल मार्गमा ‘बबल ब्युटी स्टुडियो’ सञ्चालनमा आएको छ। जमघट रेस्टुरेन्टसँगै रहेको भवनमा सञ्चालनमा आएको स्टुडियोको औपचारिक उद्घाटन यही असोज २५ गते बिहान ११ बजे हुने भएको छ।
बबल ब्युटी स्टुडियोले औपचारिक उद्घाटनका अवसरमा चर्चित सेलिब्रेटी तथा मेकअप आर्टिस्ट चिराग शर्मालाई उपस्थित गराउने भएको छ।
बबल ब्युटी स्टुडियोकी सञ्चालिका तथा मेकअप आर्टिस्ट सुमित्रा भट्टराईका अनुसार आधुनिक तथा गुणस्तरीय सौन्दर्य सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको हो।
स्टुडियोमा ग्राहकका लागि हेयर कटिङ, हेयर स्टाइलिङ, केराटिन, हेयर बोटक्स, न्यानोप्लास्टिया, पेडिक्योर, म्यानिक्योर, नेल एक्सटेन्सन, विभिन्न डिजाइनका मेकअप, फेसियल, वाक्सिङ, हाइड्रोफेसियल तथा ल्यासेस एक्सटेन्सन र लिफ्टिङ लगायतका सौन्दर्य सेवाहरू उपलब्ध छन्।
बबल ब्युटी स्टुडियोले सौन्दर्य सेवा मात्र नभई यस क्षेत्रमा करियर बनाउन चाहने तथा सीप सिक्न इच्छुक विद्यार्थीका लागि विभिन्न सीपमूलक तालिमसमेत सञ्चालन गरिरहेको छ।
सञ्चालिका भट्टराईका अनुसार विद्यार्थीलाई हेयर कटिङदेखि फेसियल, म्यानिक्योर, पेडिक्योर, नेल आर्ट, नेल एक्सटेन्सन, मेकअप तथा ल्यासेस एक्सटेन्सन र लिफ्टिङलगायत सौन्दर्यसम्बन्धी आवश्यक सीपहरू प्रयोगात्मक रूपमा सिकाइँदै आएको छ । ग्राहकलाई सहज र आरामदायी वातावरणमा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित स्टुडियो सञ्चालनमा ल्याइएको भट्टराईले बताइन्।
त्यस्तै, बबल ब्युटीले आफ्ना सेवा तथा सुविधालाई थप व्यवस्थित र सहज बनाउन ‘thebubblebeauty.com’ वेबसाइट सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ। वेबसाइट सञ्चालनमा आएपछि नेपाल तथा विदेशमा रहेका ग्राहकले स्टुडियोका विभिन्न सेवा तथा सुविधाबारे जानकारी लिन सक्नेछन्। साथै, आवश्यक सेवा लिन चाहने ग्राहकले वेबसाइटमार्फत नै बुकिङ गर्न सक्ने व्यवस्था गरिने बताइएको छ।
सञ्चालिका भट्टराईले सौन्दर्य सेवामा रुचि राख्ने तथा नयाँ सीप सिक्न चाहने सबैलाई एकपटक बबल ब्युटी स्टुडियोमा आएर सेवा तथा सुविधाको अनुभव लिन आग्रह गरेकी छन्।


