दशैँमा महिलालाई ड्राइभर साइडको सिटमा राख्न नपाइने, महासंघका अध्यक्षले भने- ‘टिकट नदिनुस्’

एटुजेड समाचार

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा यात्रा गर्ने महिलाहरूको क्याबिन सिटमा महिला यात्रुहरूलाई नराख्न देशभरका यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’ले महिलाहरूलाई सवारी साधनको क्याबिन सिटमा राख्दा उनीहरूको सुरक्षा र सहजतामा समस्या हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको जानकारी दिए ।

अध्यक्ष सिटौलाले बिहीबार रातोपाटीसँग भने,‘क्याबिनमा महिला यात्रुहरूलाई राख्दा उनीहरूलाई असहज महसुस हुन सक्छ, त्यसैले हामीले महिला दिदीबहिनीहरूलाई क्याबिन सिटमा नराख्न र उनीहरूका लागि सुरक्षित सिटको व्यवस्था गर्न देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका छौं ।’

उनले यो व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गर्दै यदि कसैले महिलालाई क्याबिनमै राखेको पाइएमा वा टिकट काट्दा बेवास्ता गरेको भेटिएमा सम्बन्धित निकायबाट कारबाही हुने चेतावनी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु