चितवन – चितवनको भरतपुरस्थित लाइन्सचोक, प्रेसमार्गमा ‘बबल ब्युटी स्टुडियो’ सञ्चालनमा आएको छ। जमघटको आडको भवनमा रहेको उक्त ब्युटी पार्लरको औपचारिक उद्घाटन यही असोज २५ गते बिहान ११ बजे हुने भएको छ।
असोज ८ गतेदेखि नै सेवा सञ्चालनमा आए पनि असोज २५ गते भने पार्लरको औपचारिक उद्घाटन गर्न लागिएको हो। पार्लरको उद्घाटनका लागि चर्चित सेलिब्रेटी तथा मेकअप आर्टिस्ट चिराक शर्मा आउने कार्यक्रम रहेको बबल ब्युटी स्टुडियोकी सञ्चालक तथा मेकअप आर्टिस्ट सुमित्रा भट्टराईले जानकारी दिएकी छन्।
बबल ब्युटी पार्लरमा ग्राहकका लागि आवश्यक पर्ने विभिन्न किसिमका सौन्दर्य सेवाहरू उपलब्ध हुनेछन्। यहाँ हेयर कटिङ, हेयर स्टाइलिङ, केराटिन, हेयर बोटक्स, न्यानोप्लास्टिया, पेडिक्योर, म्यानिक्योर, नेल एक्सटेन्सन, विभिन्न डिजाइनका मेकअप, फेसियल, वाक्सिङ, हाइड्रोफेसियल तथा ल्यासेस एक्सटेन्सन र लिफ्टिङ लगायतका सेवाहरू प्रदान गरिनेछ।
त्यस्तै, पार्लरमा सौन्दर्यसम्बन्धी सेवा मात्र नभई विद्यार्थी तथा सौन्दर्य क्षेत्रमा आफ्नो करियर बनाउन चाहनेहरूका लागि विभिन्न सीपमूलक तालिमसमेत सञ्चालन भइरहेको छ।
विद्यार्थीहरूलाई हेयर कटिङदेखि फेसियल, म्यानिक्योर, पेडिक्योर, नेल आर्ट, नेल एक्सटेन्सन, मेकअप, ल्यासेस एक्सटेन्सन तथा लिफ्टिङलगायत सौन्दर्यसम्बन्धी आवश्यक सीपहरू सिकाइने सञ्चालक भट्टराईले बताइन् ।
उनका अनुसार पार्लरमा ग्राहकले सेवा लिँदा आरामदायी वातावरणसँगै गुणस्तरीय र सहज सेवा प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, बबल ब्युटीले आफ्ना सेवा तथा सुविधालाई थप व्यवस्थित र सहज बनाउन ‘bubblebeauty.com’ वेबसाइटसमेत सञ्चालनमा ल्याउने तयारी गरेको छ।
वेबसाइट सञ्चालनमा आएपछि नेपालमा रहेका मात्र नभई विदेशमा रहेका ग्राहकहरूले समेत वेबसाइटमार्फत पार्लरका विभिन्न सेवा तथा सुविधाबारे जानकारी लिन सक्नेछन्। साथै, आवश्यक सेवा लिन चाहने ग्राहकले वेबसाइटमार्फत बुकिङसमेत गर्न सक्ने व्यवस्था गरिने बताइएको छ।
सञ्चालक भट्टराईले ग्राहक तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने सबैलाई एकपटक बबल ब्युटी पार्लरमा आएर सेवा तथा सुविधाको अनुभव लिन आग्रह गरेकी छन्।
चितवनमा सौन्दर्यसम्बन्धी सेवा र सीपमूलक तालिमलाई एउटै ठाउँबाट अघि बढाउने उद्देश्यसहित सञ्चालनमा आएको बबल ब्युटी पार्लर एन्ड स्टुडियोले आगामी दिनमा आफ्नो सेवा अझ विस्तार गर्ने जनाएको छ।


