चितवन – पर्साको ठोरी गाउँपालिका- ४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ। आज (बिहान) चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन्
उनका अनुसार एम्बुलेन्स बगाएको ठाउँ चितवनको माडीस्थित बगही खोलाको पुलदेखि पूर्वतर्फ रहेको अर्को सानो खोला हो ।एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल रहेको उनको भनाइ छ।


