बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दैछौँ : मन्त्री गौतम

एटुजेड समाचार

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता भएकाहरूलाई मृ त्यु घोषणाका लागि कानूनी बाटो खुला गर्न कानुन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएकी छन् ।

सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री गौतमले बेपत्तालाई मृ त्यु घोषणा र मृ त्यु दर्ता सम्बन्धी विद्यमान मूल ऐनमा संशोधन गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि विपद् प्राधिकरण तथा कानुन मन्त्रालयमा निरन्तर छलफल भई उपयुक्त समाधान निकालिएको बताइन् ।

संसद अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेश मार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा वि पद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् । उनले हालै भोटेकोशी क्षेत्रमा आएको बाढीले सबैलाई सचेत गराएको र अब राज्यका हरेक कानुन निर्माण तथा काम–कारबाहीमा विपद् व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको बताइन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु