१० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

एटुजेड समाचार

सप्तरी – दश वर्षअघि घरबाटै हराएका एक बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा बुझाएको छ । सप्तरीको अग्नीसाइर कृष्ण सवरण गाउँपालिका वडा नं. ६ बस्ने ऋषिदेव सदाका छोरा १६ वर्षीय शिव कुमार सदालाई प्रहरीले परिवारको जिम्मा लगाएको हो ।

छ वर्षको उमेरमा घरबाटै हराएर बेपत्ता भएका शिव कुमार भारतको नयाँ दिल्लीमा रहेको भन्ने जानकारी आएपछि खोजतलास तीव्र पारिएको थियो । सोही क्रममा नयाँ दिल्लीस्थित ‘किड इन्डिया’ संस्थासँग आवश्यक समन्वय गरी बालकको खोजतलास गरिएको थियो ।

संस्थाले फेला पारेपछि त्यसका निर्देशक नविन जोसीले जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेसँग समन्वय गरेका थिए । संस्थाले असोज १८ गते बालकलाई जिल्ला प्रहरी कार्यालय ल्याएर बुझाएको हो ।

प्रहरीले सोही दिन राति अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नं. ६ का जनप्रतिनिधिको रोहवरमा बालकलाई उनका अभिभावकको जिम्मा लगाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु