केपी ओलीको निर्देशन : रिसाउने बानी घरको खोपामा राख्नुस्, जनताको सेवामा लाग्नुस्

एटुजेड समाचार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूलाई रिसाउने बानी भए घरको खोपामा राखेर जनताको सेवामा लाग्न निर्देशन दिएका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले केन्द्रीय सदस्य भएकाहरूलाई बधाई दिँदै भने, ‘पार्टीले तोकेको जिम्मेवारीमा जानुहुनेछ र जिम्मेवारी पुरा गर्न सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

उनले कहिलेकहिले पार्टीले धक्का खाने भन्दै फेरि उठ्न सकिने बताए । ‘हामी आदर्श व्यक्तिका रूपमा स्थापित हुनुपर्छ । गलत आनीबानी, आचरण लिँदै नलिनुस्’, अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेको आचरण पवित्र र शुद्ध हुनुपर्छ । बानी राम्रो हुनुपर्छ, र नमुनायोग्य हुनुपर्छ । मेरो त रिसाउने बानी छ भनेर नेता भएपछि पाइँदैन, रिसाउने बानी घरको खोपामा राख्नुस् ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु