अमेरिकामा ‘एआई’को नाम फेरियो, अब ‘सुपर इन्टेलिजेन्स’

एटुजेड समाचार

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नाम परिवर्तन गरी सुपर इन्टेलिजेन्स (एसआई) राख्ने आदेशमा हस्ताक्षर गरेका छन्।

इलोन मस्क, सुन्दर पिचाई, मार्क जुकरबर्ग र जेन्सेन ह्वाङजस्ता प्राविधिक दिग्गजहरूसँग मंगलबार ह्वाइट हाउसमा भएको छलफलपछि ट्रम्पले एआईको नाम बदल्ने कार्यकारी आदेशमा मंगलबार हस्ताक्षर गरेका हुन्।

अबदेखि अमेरिकाका सरकारी काम, वेबसाइट र आधिकारिक कागजातमा एआईको सट्टा एसआई शब्द प्रयोग गरिनेछ।ट्रम्पले भने, ‘कृत्रिम शब्दले यो प्रविधि नक्कली वा कृत्रिमजस्तो सुनियो। यो प्रविधि वास्तविक र साँच्चै अभूतपूर्व छ, त्यसैले ‘सुपर इन्टेलिजेन्स’ शब्द बढी सटिक छ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु