चितवनमा जंगली गैंडाको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते

एटुजेड समाचार

चितवन – चितवनमा जंगली गैंडाको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२५, फलेनीमा बुधबार बिहान जंगली गैंडाले आक्रमण गर्दा स्थानीय ४२ वर्षीय भक्तबहादुर घले गम्भीर घाइते भएका हुन् ।

बिहान करिब ५ बजे मर्निङवाकका लागि हिँडिरहेका घलेलाई एक्कासी जंगली गैंडाले आक्रमण गरेको जनाइएको छ ।

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ ।

घलेको अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु