चितवन – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत चितवनका तीनवटै निर्वाचन क्षेत्रमा सभापतिसहित विभिन्न पधादिकारीहरुका लागि मतदान भइरहेको छ।
चितवन क्षेत्र नम्बर १ मा सभापति पदका लागि दिवाकर अर्याल र प्रल्हाद सापकोटाले उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर १ को मतदान टाँडीस्थित स्टार्ट होटलमा भइरहेको छ।
यस्तै, चितवन क्षेत्र नम्बर २ मा सभापति पदका लागि मनोज रानाभाट, विकास पौडेल, केशव महर्जन र प्रल्हाद उप्रेती उम्मेदवार छन्। क्षेत्र नम्बर २ को मतदान कला मन्दिरमा भइरहेको छ।
यसैगरी, चितवन क्षेत्र नम्बर ३ मा सभापति पदका लागि अमृत बानियाँ, शम्भु भण्डारी र दामोदर न्यौपानेले उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर ३ को मतदान पार्वतीपुरस्थित संस्कृति पार्टी प्यालेसमा भइरहेको छ।
तीनवटै निर्वाचन क्षेत्रमा मतदानका लागि नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ। मतदानपछि सम्बन्धित क्षेत्रका सभापति तथा अन्य पदाधिकारीको परिणाम सार्वजनिक गरिनेछ।


