चितवन । लगातारको भारी वर्षापछि नारायणी नदीमा आएको भीषण बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बाढीले बगाएको विशाल क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमुनि गएर अड्किएको छ।
करोडौँको लागतमा निर्माण गरिएको घरजत्रो विशाल क्रुजसिप बगेर पुलको पिलर तथा तल्लो भागमा अड्किएपछि नारायणी पुल थप जोखिममा परेको छ। तीव्र बहावका साथ आएको बाढीले क्रुजसिपलाई पुलमा धकेलिइरहँदा पुलको संरचनामा क्षति पुग्न सक्ने भन्दै उच्च जोखिम सिर्जना भएको हो।


