वर्षाका कारण जापानसँगको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनल प्रवेश

एटुजेड समाचार

काठमाडौं – एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र घरेलु टोली जापानविरुद्वको खेल वर्षाका कारण बिना नतिजा सकिएको छ ।

कोरोगी एथलेटिक पार्कमा शनिबारका लागि तय खेलको दोस्रो इनिङमा हुन सकेन ।

खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रनको योगफल तयार पारेको थियो ।

वर्षाका कारण टसमा ढिला भएपछि खेललाई १५ ओभरमा झारिएको थियो ।

नेपालका सन्दिप जोराले अविजित ५७ रनको योगदान गरे । उनले ३२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

लोकेश बमले अविजित ५२ रन बनाए । उनले २२ बलमा ६ छक्का र एक चौका प्रहार गरे । आसिफ शेखले २१ रन बनाए ।

जापानका रेनो साकुरानो थोमस, इब्राहिम ताकाहासी, जेक कुसुडो र डेक्लान सुजुकीले एक/एक विकेट लिए ।

यो नतिजासँगै दुई खेलमा तीन अंक जोडेको नेपाल समूह ‘ए’को विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेको छ । जापान भने एक अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ ।

यो समूहबाट दुई अंक जोडेको अफगानिस्तान उपविजेताका रूपमा अगाडि बढ्यो ।

नेपालले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । जापानले अफगानिस्तानसँग हार व्यहोरेको थियो ।

अब नेपालले क्वार्टफाइनलमा श्रीलंकाको सामना गर्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु