यस वर्षको सोह्र श्राद्ध असोज ११ गतेदेखि सुरु हुँदै

एटुजेड समाचार

काठमाडौं – यस वर्षको सोह्र श्राद्ध अर्थात् पितृ पक्ष असोज ११ गतेदेखि सुरु हुने भएको छ। नेपाली पात्रोअनुसार असोज ११ गते आइतबार प्रतिपदा श्राद्धसँगै सोह्र श्राद्ध प्रारम्भ हुनेछ।

असोज ११ गतेदेखि सुरु हुने सोह्र श्राद्ध असोज २४ गते औँसीका दिन पितृ विसर्जनसँगै सम्पन्न हुनेछ। यस अवधिमा दिवंगत आफन्तको मृत्यु तिथिअनुसार श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा छ।

पितृ पक्षका रूपमा समेत चिनिने सोह्र श्राद्धमा आफ्ना दिवंगत पितृप्रति श्रद्धा अर्पण गर्ने गरिन्छ। सामान्यतया आश्विन कृष्ण पक्षका विभिन्न तिथिमा पितृको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने परम्परा रहेको छ।

नेपाली पात्रोअनुसार असोज ११ गते प्रतिपदा श्राद्ध, १२ गते द्वितीया, १३ गते तृतीया, १४ गते चतुर्थी, १५ गते पञ्चमी, १६ गते षष्ठी, १७ गते सप्तमी र १८ गते अष्टमी श्राद्ध हुनेछ। त्यसैगरी १९ गते नवमी, २० गते दशमी, २१ गते एकादशी, २२ गते द्वादशी, २३ गते त्रयोदशी, २४ गते चतुर्दशी तथा औँसी श्राद्धको क्रम रहनेछ।

यस अवधिमा पितृको तिथिअनुसार श्राद्ध गर्ने र तिथि थाहा नभएका पितृका लागि सर्वपितृ औँसीमा श्राद्ध गर्ने धार्मिक परम्परा रहेको छ। सोह्र श्राद्धपछि असोज २५ गतेदेखि नवरात्र आरम्भ हुने पात्रोमा उल्लेख छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु