वर्षा नरोकिएपछि इटहरी र विराटनगरका विद्यालयमा दुई दिन बिदा

एटुजेड समाचार

काठमाडौं – निरन्तरको वर्षा हुन थालेपछि सुनसरीको इटहरी उपमहानगर र मोरङको विराटनगर महानगरले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।जल तथा मौसम पूर्व अनुमान विभागले आजबाट निरन्तर ठूलो पानी पर्ने सूचना जारी गरेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

विराटनगर महानगरपालिकाले असोज ८ र ९ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको बताए । यसैगरी इटहरी उपमहानगरपालिकाले पनि दुई दिन विद्यालयमा छुट्टी गरेको छ ।

गएरातिबाट पानी पर्न थालेपछि विद्यालयमा बिदा गर्ने निर्णय भएको इटहरी उपमहानगले जनाएको छ । कोशी प्रदेशका अधिकांश जिल्लामा गए रातिबाट पानी परिरहेका छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु