चितवन – माडी नगरपालिका–५, चितवनका डा. भानिश्वर पोखरेल नेपाल कृषि अनुसन्धान परिषद्को सदस्य पदमा मनोनीत भएका छन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार डा. पोखरेललाई नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ को दफा ६ को उपदफा (१) को खण्ड (ठ) बमोजिम परिषद्को सदस्य पदमा मनोनयन गरिएको हो। मन्त्रालयले २०८३ साल भदौ २२ गतेको निर्णयअनुसार उनलाई सदस्य पदमा मनोनयन गरिएको हो ।


