पुरानो थिति भत्काउँदै बालेनको नयाँ शैली : न सलामी, न त तडकभडक, परम्परा तोडेर न्यूयोर्क उडे

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिन उनी अमेरिका गएका हुन् । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा कायम रहँदै आएका परम्पराहरूलाई उनले तोडेका छन् ।

पहिलो, विमानस्थलमा कुनै तामझाम देखिएन । यसअघि प्रधानमन्त्री विदेश जाँदा भव्य बिदाइ गरिन्थ्यो । नेपाली सेनाले रातो कार्पेट ओछ्याएर सलामी दिने गर्थ्यो भने मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी र सांसदहरूको लर्को लाग्थ्यो ।

तर यसपटक त्यस्तो केही देखिएन । उनी सामान्य यात्रुझैँ कतार एयरवेजको विमान चढेका छन् । उनलाई बिदाइ गर्न गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री गनेश पौडेल मात्र विमानस्थल पुगेका थिए । दोस्रो, यसअघिका प्रधानमन्त्रीहरूले भ्रमणमा जाँदा प्रायः पत्नीलाई साथै लैजाने गरे पनि यस पटक प्रधानमन्त्री शाह एक्लै गएका छन् ।

तेस्रो, संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जान लागेको औपचारिक जानकारी संसदलाई गराइएको छैन । यसअघि प्रधानमन्त्रीहरूले विदेश भ्रमणमा जानुअघि भ्रमणको उद्देश्य र एजेन्डाबारे संसदलाई जानकारी दिने परम्परा थियो ।

चौथो, मुलुकमा विद्यमान विपद्का सन्दर्भमा त्यहाँ उठाउने विषयवस्तुका बारेमा उनले विज्ञहरूसँग कुनै परामर्श गरेनन् । यसअघि प्रधानमन्त्रीहरू भ्रमणमा जानुअघि पूर्वराजदूत, पूर्वपरराष्ट्रमन्त्री र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरी सुझाव लिने गर्थे ।

पाँचौँ, प्रधानमन्त्री शाहले अमेरिकामा कुनै औपचारिक भेटघाट तय गरेका छैनन् । संयुक्त राष्ट्र संघका महासचिवबाहेक अरू कसैसँग पनि भेटघाट नगर्ने उनको कार्यक्रम छ । उनी ८ गते महासभामा सम्बोधन गरी १० गते काठमाडौं फर्किनेछन् । भ्रमणका क्रममा हुने अन्य भेटघाटको जिम्मा भने परराष्ट्रमन्त्री शिशिर खनाललाई दिइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु