भिजिट भिसामार्फत हुने मानव बेचबिखन रोक्न माग

एटुजेड समाचार

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद अमृता विकले दलित समुदायका महिलाहरूलाई राम्रो रोजगारी र आकर्षक तलब दिलाउने प्रलोभनमा ओमान, दुबई हुँदै कतार तथा साउदी अरबमा पुर्‍याएर मानव तस्करी हुने गरेको बताएकी छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले भिजिट भिसाका नाममा दलित महिलाहरूलाई त्यसरी विदेशी भूमिमा लैजाने गरेको बताइन्।

‘त्यसरी लगिएकाहरूलाई घरेलु कामदार वा गैरकानुनी श्रममा लगाउने, राहदानी नियन्त्रणमा लिने, तलब नदिने र कतिपय अवस्थामा बेचबिखन समेत गर्ने गरेको पाइन्छ’, उनले भनिन्,‘ भिजिट भिसाको दुरुपयोग गरी महिलाहरूलाई विदेश पठाउनेहरूको छानबिन गरियोस्।’उनले संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गर्दै मानव बेचबिखन रोक्न तथा कानुनी कारबाही प्रभावकारी बनाउन आग्रह गरिन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु