चितवन – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि चितवनका विभिन्न स्थानबाट हालसम्म ३६४ वटा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार फेला परेका शवमध्ये १४ जनाको सनाखत भएको छ भने अन्य शवको पहिचान हुन बाँकी रहेको छ।
फेला परेका शवमध्ये ७६ जना महिला, १२३ जना पुरुष, १७ जना बालिका र ११ जना बालक रहेका छन्। यस्तै, १३७ वटा शवको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार हालसम्म ३५२ वटा शवको व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवमध्ये ७६ महिला, ११२ पुरुष, १६ बालिका, ११ बालक र १३६ अन्य रहेका छन्।
यसैबीच, चितवनमा स्थायी घर भई विभिन्न काम तथा भ्रमणका क्रममा रसुवा पुगेका १६ जना अझै सम्पर्कविहीन रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनमा नाम टिपाएका आधारमा तयार गरिएको विवरणमा जिल्लाका विभिन्न स्थानीय तहका १६ जना रसुवामा सम्पर्कविहीन रहेको उल्लेख छ।


