नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – गैँडाकोट नगरपालिका–१२ हर्कपुरमा शनिबार बिहान दुई बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ६ः५० बजे पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ गइरहेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो।
पछाडिबाट आएको बसले ठक्कर दिएपछि दुवै बसमा सवार यात्रुहरू घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्।
घाइतेहरूको अवस्था तथा दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।


