भारतबाट उद्धार गरिएका १५ नेपाली बालबालिकालाई भैरहवा ल्याइयो

एटुजेड समाचार

बुटवल – भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला परेका १५ जना नेपाली बालबालिका तथा किशोर किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उनीहरूलाई  रुपन्देहीको भैरहवा ल्याएर परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ।

भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’को पहलमा भारतका महाराष्ट्र, दिल्ली र झारखण्डलगायत स्थानबाट फरक–फरक समयमा उनीहरूको उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार उद्धार गरिएका बालबालिकालाई परिवार तथा आफन्तको जिम्मा लगाउन नेपाल ल्याइएको हो।

‘किन इन्डिया’का निर्देशक नवीन जोशीका अनुसार उद्धार गरिएकामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका छन् भने तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी छन्। उद्धार गरिएकामध्ये पाँच जना बालिका तथा किशोरी रहेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु