भोलिदेखि नारायणगढ–मुग्लिन सडक दैनिक १० घण्टा बन्द, यस्तो छ समयतालिका

एटुजेड समाचार

चितवन – भोलिदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा सवारी आवागमन आंशिक रूपमा बन्द हुने भएको छ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा माटो कटानको काम अघि बढाउन भदौ २२ गतेदेखि निश्चित समयका लागि सडक बन्द गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडक बिहान ६ बजेदेखि ८ बजेसम्म, ८ः३० देखि १०ः३० बजेसम्म, ११ बजेदेखि दिउँसो १ बजेसम्म, १ः३० देखि ३ः३० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म बन्द रहनेछ।

यी बन्द हुने समयबीच भने सडक केही समयका लागि खुला गरिनेछ।

प्रशासनका अनुसार अहिले मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा मर्मतको काम भइरहेकाले त्यहाँ पनि सवारी व्यवस्थापन भइरहेको छ।

नारायणगढ–मुग्लिन सडकमा अहिले तुलनात्मक रूपमा सवारी चाप कम भएकाले यही समयको सदुपयोग गर्दै तुइन खोलामा माटो कटानको काम तीव्र पार्न लागिएको प्रशासनले जनाएको छ।

त्यसैले नारायणगढ–मुग्लिन हुँदै यात्रा गर्ने यात्रु तथा चालकहरूले तोकिएको समयतालिका हेरेर मात्रै यात्रा योजना बनाउन प्रशासनले आग्रह गरेको छ।

No description available.

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु