चितवन – रत्ननगर नगरपालिका वडा नं–९ स्थित पूर्वपश्चिम राजमार्गको टिकौली जंगलमा शनिबार बिहान २ः५० बजेको समयमा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको लु।प्र।०१–००१ ख ००४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना।३७ प ७०९६ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका–७, चितवनका ३८ वर्षीय राजकुमार दर्जी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको थियो। तर, उपचारकै क्रममा बिहान ६ः३० बजे दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मिनी ट्रक चालक रुपन्देहीको गैडहवा गाउँपालिका–७ का ४० वर्षीय रामेश्वर खरविन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्गित्वन – रत्ननगर नगरपालिका वडा नं–९ स्थित पूर्वपश्चिम राजमार्गको टिकौली जंगलमा शनिबार बिहान २ः५० बजेको समयमा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।