काठमाडौं – बाढीका क्रममा विभिन्न स्थानमा फसेका ३३० जनाको नेपाली सेनाले जीवितै उद्धार गरेको छ । सैनिक मुख्यालयका अनुसार सोमबार दिउँसो १ः३० बजेसम्म उक्त उद्धार गरिएको हो ।
सेनाले त्रिशूली–३ हाइड्रोपावरको सुरुङमा करिब १५ मिटरभित्र खोज तथा उद्धार जारी राखेको छ । रसुवागढी हाइड्रोपावरको सुरुङको करिब २५० मिटरभित्रसम्म पुगेर खोजी गर्दा भने कोही फेला नपरेपछि टोली फर्किएको छ । बाढी प्रभावित विभिन्न जिल्लामा सेनाका ८ हजार ९ सयभन्दा बढी फौज परिचालन गरिएको छ।


