बाढीको जोखिम बढेसँगै भरतपुर अस्पताल हाई अलर्टमा

एटुजेड समाचार

चितवन — बाढीको जोखिम बढ्दै गएपछि भरतपुर अस्पतालले सम्भावित बाढी प्रभावितको उपचारका लागि आवश्यक तयारी थालेको छ। अस्पतालले थप शय्याको व्यवस्थापन गर्दै आकस्मिक कक्षलाई पूर्ण तयारी अवस्थामा राखेको जनाएको छ।

सम्भावित विपद्का कारण बिरामीको चाप बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी, आपतकालीन सेवा तथा आवश्यक औषधि र उपचार सामग्री तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको हो।

अस्पतालका अनुसार बाढी तथा डुबानका कारण प्रभावित भएर उपचारका लागि आउने बिरामीलाई तत्काल सेवा उपलब्ध गराउने गरी जनशक्ति तथा स्रोतसाधन व्यवस्थापन गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै आकस्मिक अवस्थाका बिरामीको उपचारमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले थप तयारी गरेको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु