उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

एटुजेड समाचार

काठमाडौं : सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ।

कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण गरेर उखुको न्यूनतम मूल्य निर्धारणको काम अघि बढाएको हो।

त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुने विभागले जनाएको छ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क सङ्कलन गर्ने जनाएको छ।

प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए। उनका अनुसार उखुको समर्थन मूल्य निर्धारण गर्नुअघि विगतको तुलनामा ढुवानी, उत्पादन तथा अन्य खर्चकोसमेत अध्ययन गरिनेछ।

अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। गत वर्ष उद्योगले दिने खरिद मूल्य प्रतिक्विन्टल ६२० र सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपैयाँसहित उखुको न्यूनतम समर्थन मूल्य ६ सय ९० रुपैयाँ निर्धारण भएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु