सिभिल अस्पतालमा बिहानैदेखि बिरामीको लामो लाइन

काठमाडौं  – नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा ओपीडी टिकट लिन बिहानैदेखि बिरामीहरुको लामो लाइन लाग्ने गरेको छ । बिहान करिब ५ बजेदेखिनै अस्पताल परिसरमा ओपिडि टिकट लिन आउने बिरामी र उनीहरूका आफन्तको भीड देख्न सकिन्छ ।

ओपीडी सेवा लिन आएका सेवाग्राहीहरू टिकट काट्न घण्टौँ पालो कुर्नुपर्ने अवस्था रहेको बताउँछन् । बिरामीको चाप बढे पनि टिकट व्यवस्थापन र सेवा प्रवाहमा सुधार आवश्यक रहेको सेवाग्राहीहरूको गुनासो छ ।

यस्तो दृश्य सिभिल अस्पतालमा मात्र नभइ देशभरका अन्य सरकारी अस्पतालहरुमा पनि देखिने गरेको छ । जसले सरकारी स्वास्थ्य सेवामा बढ्दो चापलाई स्पष्ट रुपमा देखाउँछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु