काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताए ।
उनले अख्तियारका पदाधिकारी संसदीय समितिमा छलफलका लागि आउन सक्ने भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ जान नहुने धारणा राखे । उनले भने, ‘अख्तियारको पदाधिकारी संसदीय समितिमा आउन मिल्छ, तर कुनै प्रधानमन्त्री, मन्त्रीले बोलाउनेबित्तिकै तपाईंहरू नजानुहोस् ।
अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन । अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ । अख्तियारले आफ्नो मूल्य पूरा गरिरहेको छैन । त्यो पनि आयोगका पदाधिकारीहरूको आफ्नै कारणले हो। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’
उनले संवैधानिक निकायहरूमा हुने भागबन्डा


