गोरखा – गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
बारपाक सुलिकोट गाउँपालिका–७, बालुवाका ३५ वर्षीय दिलबहादुर कुवँरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीका अनुसार बुधबार राति स्थानीय पिपलको चौतारामा बसिरहेको अवस्थामा कुवँरलाई अचानक चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो।
तर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


