रोटरी डिस्ट्रिक्ट ३२९२, Region 6 को ICT Workshop सम्पन्न

एटुजेड समाचार

भरतपुर – रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत IT Committee, Region 6 को आयोजनामा रोटरी क्लबहरूको डिजिटल व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने ICT Workshop सम्पन्न भएको छ।

शनिबार, २०२६ अगस्ट १५ मा भरतपुरस्थित रोटरी क्लब अफ चितवन Meeting Hall मा सम्पन्न कार्यशालामा Region 6 अन्तर्गतका विभिन्न रोटरी क्लबका अध्यक्ष, सचिव, President Elect, Board Member तथा Office Secretary गरी ४६ जनाको सहभागिता रहेको थियो।

कार्यशालामा रोटरी क्लबको प्रशासन, सदस्यता व्यवस्थापन, सेवा परियोजनाको अभिलेखीकरण तथा रिपोर्टिङलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित, सही र प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो। सहभागीलाई My Rotary तथा District Portal को प्रयोगमा दक्ष बनाउँदै क्लबका सूचना, सदस्यता, लक्ष्य, सेवा परियोजना तथा आवश्यक रिपोर्टिङ नियमित र शुद्ध रूपमा व्यवस्थापन गर्ने विषयमा व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

औपचारिक सत्रको अध्यक्षता रोटरी डिस्ट्रिक्ट ३२९२ IT Committee का Co-Chair Rtn. Nirmal Dhakal ले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन तथा Master of Ceremony Region 6 IT Committee Chair Rtn. Bhanu Sharma ले गर्नुभएको थियो। कार्यक्रममा District Governor Elect Prof. Dr. IP Dhakal प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। District Secretary Laxman Gyawali तथा Assistant Governors Dr. Rebanta Bhattarai, Bharat Pokhrel र Suman Shrestha अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यशालामा Rtn. Nirmal Dhakal, Rtn. Amit Sapkota, Rtn. Arun Sharma र Rtn. Bijaya Sharma ले स्रोत व्यक्ति तथा प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणका क्रममा My Rotary अन्तर्गत Learning Center, Grant Center, Club Central, Goal Setting, Service Project Center तथा Club Management लगायतका विषयमा जानकारी दिइएको थियो।

त्यस्तै, District Portal अन्तर्गत Club Information, Membership Update, Club Administration, Membership, Service, TRF तथा Public Image Reporting र Club Website व्यवस्थापनसम्बन्धी विषयमा समेत व्यावहारिक प्रशिक्षण दिइएको थियो।

कार्यशालाको अर्को महत्वपूर्ण विषय GML Content Submission रहेको थियो। सहभागीलाई स्वीकृत GML Template प्रयोग गरी समाचार सामग्री तयार गर्ने, स्पष्ट शीर्षक राख्ने, तथ्यमा आधारित समाचार लेख्ने, नाम, मिति र स्थानको शुद्धता कायम गर्ने, सेवा परियोजनाको प्रभाव प्रस्तुत गर्ने तथा उपयुक्त तस्बिर र क्याप्सन तयार गरी समयमै सामग्री पठाउने प्रक्रियाबारे प्रशिक्षण दिइएको थियो।

कार्यशालामा सहभागीहरूले My Rotary, District Portal तथा GML सम्बन्धी विषयमा व्यावहारिक अभ्यास गर्नुका साथै प्रश्नोत्तरमार्फत आफ्ना जिज्ञासा समाधान गरेका थिए।

समापन सत्रमा रोटरी क्लब अफ धादिङका अध्यक्ष Rtn. Ishwor Kandel तथा रोटरी क्लब अफ पूर्वी चितवनका अध्यक्ष Rtn. Saroja Paudel ले कार्यशालाबाट प्राप्त सिकाइ तथा त्यसको उपयोगिताबारे धारणा राख्दै आगामी दिनमा क्लबमा डिजिटल प्रणालीको प्रयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। Assistant Governor Suman Shrestha ले कार्यशालाको प्रभावकारिता तथा सहभागीहरूको सक्रियताको प्रशंसा गर्दै क्लब व्यवस्थापनमा डिजिटल सीपको महत्वबारे आफ्नो अनुभव साझा गर्नुभयो।

कार्यक्रममा IT Committee का Co-Chair Rtn. Nirmal Dhakal को जन्मदिनसमेत विशेष रूपमा मनाइएको थियो। सहभागीहरूले उहाँलाई शुभकामना दिँदै रोटरीको डिजिटल रूपान्तरण तथा क्षमता विकासमा आगामी दिनमा पनि निरन्तर योगदानको अपेक्षा व्यक्त गरेका थिए।

कार्यक्रमका संयोजक तथा Region 6 IT Committee Chair Rtn. Bhanu Sharma ले सहभागी, प्रशिक्षक, स्रोत व्यक्ति, अतिथि तथा रोटरी क्लब अफ चितवनलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले कार्यशालाका लागि RC Chitwan Meeting Hall उपलब्ध गराएकोमा रोटरी क्लब अफ चितवनप्रति विशेष आभार व्यक्त गर्नुभयो।

आयोजकका अनुसार कार्यशालाले रोटरी क्लबहरूमा डिजिटल प्रशासनलाई नियमित कार्यप्रणालीका रूपमा विकास गर्न, सही तथ्यांक व्यवस्थापन, प्रभावकारी रिपोर्टिङ, गुणस्तरीय समाचार तथा कथा लेखन र सेवा गतिविधिको व्यवस्थित अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। डिजिटल प्रणालीको प्रभावकारी प्रयोगले आगामी दिनमा रोटरीका सेवा गतिविधिको प्रभाव अझ व्यापक बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु