६ महिनापछि स्वदेश फर्किँदै देउवा, विमानस्थलमा बाजागाजासहित स्वागतको तयारी

एटुजेड समाचार

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज (बिहीबार) स्वेदश फर्किँदै छन्। उपचारका नाममा विदेश गएको ६ महिनापछि उनी आज स्वदेश फर्कन लागेका हुन्।

कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ।

कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार उनी बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने छन्।

स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन्।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए। उनी थप उपचारका लागि भन्दै सिंगापुरबाट हङकङ पुगेका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु