आजको मौसम : यी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

एटुजेड समाचार

काठमाडौं देशका केही स्थानमा आज वर्षाको सम्भावना भएपनि भारी वर्षाको पूर्वानुमान छैन। तर, मध्यमसम्मको वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र  मधेस प्रदेशका साथै देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। वाग्मती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी  भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशभर मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु