२४ घण्टामा ३८ विपद्का घटना, एकको मृत्यु, १८ जना घाइते

एटुजेड समाचार

काठमाडौँ : देशभर चौबिस घण्टामा ३८ वटा विपदका घटना भएका छन्। जसमा परि एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, पहिरो, आगलागि, अविरल वर्षा लगायत विपदका घटनासँगै ३२ जिल्ला प्रभावित भएका छन्। सबैभन्दा धेरै पहिरोले १५ जिल्ला प्रभावित छ।

करिब चार महिनामा २०६ जनाले गुमाए ज्यान

गएको वेशाखदेखिको तथ्यांक हेर्ने हो भने विपद्जन्य घटनामा परि २०६ जनाको ज्यान गइसकेको छ भने १ हजार ३६० जना घाइते छन्।

यस अवधिमा ४ हजार४८४ वटा घटना भएका छन्, जसमा सबैभन्दा धेरै आगलागीका १ हजार ७० घटना हुँदा २० जनाको मृत्यु भएको छ भने १४५ जना घाईते भएका छन्।

पहिरोका ८३७ घटनामा परि अर्का २० जनाको ज्यान गएको छ, एकजना अझै वेपत्ता रहेको प्राधिकरणले उल्लेख गरेको छ। सर्पले टोकेर ६० जनाको मृत्यु भएको छ।

यस्तैगरी, चट्याङ्ग लागेर २५, लेक लागेर २३, जनावरको आक्रमणमा १८, बाढीले बगाएर १७, हावाहुरीमा परी १३, भारी बर्षाका कारण ४, डुँगा पल्टेर २, वन डढेलो, हिउँ पहिरो, विस्फोटन, अन्य विपद्जन्य घटनामा एकएक जनाले ज्यान गुमाएका छन्।

बाढी र पहिरोमा परि वेपत्ता ५ जना अझै भेटिएका छैनन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु