एक सिलिन्डर ग्यास ७ हजारमा बेचेको आरोपमा भक्तपुरबाट एक जना प क्राउ

एटुजेड समाचार

भक्तपुर – खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोट बारुदखाना चोकमा भाडामा बस्ने ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन् ।

उनले सोही स्थानमा ‘त्वयना किराना पसल’ सञ्चालन गर्दै आएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, त्वयनाले उपभोक्ताहरूलाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो ।

सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पसलमा चेकजाँच तथा अनुगमन गर्दा ३ थान सिलिन्डर फेला पारेको थियो । बजार मूल्यभन्दा कयौँ गुणा महँगो मूल्यमा ग्यास बेचेर कालोबजारी गरेको आरोपमा पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार कार्कीका अनुसार पक्राउ परेका त्वयनामाथि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु