काठमाडौं – झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका-६ का ५९ वर्षीय हिरालाल चलाउने छन् ।
उनले १४ वर्षीया बालिकालाई झारफुक गर्ने भनि हात र मुक्काले कुटपिट गरेको आरोपमा पक्राउ गरिएको खड्काले जानकारी दिए ।
उनलाई प्रहरीले साउन २१ गते पक्राउ गरेको हो । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिएका छन् ।


