पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

एटुजेड समाचार

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ ।

कार्यालयका अनुसार अन्य कसुरमा ८०४ सवारी कारबाहीमा परेका छन् ।त्यसपछि सीसीटीभीमार्फत ८०, रेड लाइट उल्लङ्घनमा ५५, लेन मिच्ने ४४, हर्नको दुरुपयोग गर्ने ४१, वनवे उल्लङ्घन गर्ने ३५, अवस्था ठीक नभएका १८, तीव्र गतिमा चलाएका १० र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका छ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी, सिसिटिभीमार्फत अनुगमन तथा चेकिङलाई थप प्रभावकारी बनाइएको जानकारी दिए ।

उनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको लेन प्रयोग गर्न, रेड लाइट उल्लङ्घन नगर्न तथा सुरक्षित र जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु