नेपाल आइपुगिन् बलिउड अभिनेत्री शिल्पा सेट्ठी

एटुजेड समाचार

काठमाडौँ – बलिउड अभिनेत्री शिल्पा सेट्ठी नेपाल आइपुगेकी छन्। लक्जरी वेडिङ र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर काठमाडौंमा सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी नेपाल आएकी हुन्।चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी शुक्रबार काठमाडौं आइपुगेकी छन्।

आजदेखि काठमाडौंको सोल्टी होटलमा सुरु हुने ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड–२०२६मा सहभागी हुन उनी नेपाल आएकी हुन्।नेपाल आगमनका क्रममा आयोजकले शिल्पा सेट्ठीलाई परम्परागत शैलीमा स्वागत गरेको थियो।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि सहभागी हुने कार्यक्रम छ।यस्तै, नेपाली मूलकी चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाको पनि सम्मेलनमा सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनमा भारतसहित सात देशका करिब ५ सय ५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित व्यवसायी, लगानीकर्ता र गन्तव्य विज्ञहरूको सहभागिता रहनेछ।

आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा लक्जरी वेडिङ डेस्टिनेसनका रूपमा स्थापित गर्नु हो।
अन्तर्राष्ट्रिय स्तरका कलाकार र पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिताले नेपालको पर्यटन र वेडिङ उद्योगको प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु