यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर कुन देशको कति

एटुजेड समाचार

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ।

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा कायम भएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा रहेको छ। स्विस फ्र्यांक एकको खरिददर १८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०६ पैसा तोकिएको छ।

अन्य प्रमुख मुद्राहरूको विनिमय दर निम्न अनुसार छ:

  • भारतीय रुपैयाँ (१००): खरिददर १६० रुपैयाँ | बिक्रीदर १६० रुपैयाँ १५ पैसा

  • अष्ट्रेलियन डलर: खरिददर १०६ रुपैयाँ ०३ पैसा | बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा

  • क्यानेडियन डलर: खरिददर १०८ रुपैयाँ २९ पैसा | बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा

  • सिङ्गापुर डलर: खरिददर ११८ रुपैयाँ २१ पैसा | बिक्रीदर ११८ रुपैयाँ ६७ पैसा

  • चिनियाँ युआन: खरिददर २२ रुपैयाँ ५८ पैसा | बिक्रीदर २२ रुपैयाँ ६६ पैसा

  • जापानी येन (१०): खरिददर ९ रुपैयाँ ३४ पैसा | बिक्रीदर ९ रुपैयाँ ३७ पैसा

खाडी तथा वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकको दर:

  • साउदी अरेबियन रियाल: खरिददर ४० रुपैयाँ ६९ पैसा | बिक्रीदर ४० रुपैयाँ ८४ पैसा

  • कतारी रियाल: खरिददर ४१ रुपैयाँ ९० पैसा | बिक्रीदर ४२ रुपैयाँ ०६ पैसा

  • युएई दिराम: खरिददर ४१ रुपैयाँ ५९ पैसा | बिक्रीदर ४१ रुपैयाँ ७५ पैसा

  • मलेसियन रिङ्गेट: खरिददर ३७ रुपैयाँ ३५ पैसा | बिक्रीदर ३७ रुपैयाँ ५० पैसा

  • कुवेती दिनार: खरिददर ४९६ रुपैयाँ १५ पैसा | बिक्रीदर ४९८ रुपैयाँ १० पैसा

  • बहराइन दिनार: खरिददर ४०५ रुपैयाँ ०७ पैसा | बिक्रीदर ४०६ रुपैयाँ ६६ पैसा

  • ओमानी रियाल: खरिददर ३९६ रुपैयाँ ७१ पैसा | बिक्रीदर ३९८ रुपैयाँ २७ पैसा

यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५७ पैसा, स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा, डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ २८ पैसा र बिक्रीदर २३ रुपैयाँ ३७ पैसा तथा हङकङ डलरको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु