चितवन – मुग्लिङ – नारायणगढ सडकमा सुख्खा पहिरोले दुईतर्फी यातायात अवरुद्ध भएको छ । बाटो खुल्न करिब दुई घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।
मिति ०८३/०४/१२ गते . ०८:३० बजेको समयमा जिल्ला चितवन इच्छाकामना गा.पा. ५ मुग्लिङ बजारको सार्वजनिक शौचालय नजिक मुग्लिङ नारायणगढ सडक खण्ड स्थितमा सडक माथिबाट सुख्खा पहिरो आई बाटो दुई तर्फ अवरोध भएकोले पहिरो हटाउन सडक विभागसँग समन्वय भईरहेको छ । बाटो सुचारु हुन अं. २ घण्टा लाग्न सक्ने व्यहोरा जानकारी गराईएको छ ।


